कास्कीमा तलिम प्राप्त कुकुर सहितको राजमार्गमा छड्के चेकिङ, दुई दर्जन वढी सवारी साधन लाई कारबाही

पोखरा न्यूज -२५, जेठ । 
कास्की प्रहरीले राजमार्गमा छड्के चेकिङ गर्दा दुई दर्जन बढी सवारी साधन कारबाहीमा परेका छन । लामो दुरीबाट पोखरा भित्रिने सवारी साधनमार्फत पोखरामा लागुऔषध भित्रिने गरेको भन्ने थाहा पाएपछि कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाको नेतृत्वमा पृथ्वीराजमार्गको चाउथे क्षेत्रमा तालिम प्राप्त कुकुर सहित चेकजांच गरिएको थियो । उक्त चेकिङको क्रममा २१ वटा मोटरसाइकल जसमा ५ वटा मोडिफाइ गरिएका र ३ वटा सीट बढी राखेका हाइस माइक्रोबस कारबाहीमा परेका हुन ।

चेकजांचको क्रममा नेपालको पूर्व र तराइ क्षेत्रबाट पोखरा भित्रिने लामो दुरीमा सञ्चालन हुने करिब २ दर्जन सवारीहरुमा कुकुर सहित चेकजांच गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानाले जानकारी दिए । रानाले राजमार्गमा आगामी दिनहरुमा पनि महिनाको दुई पटक तालिम प्राप्त कुकुरहरुबाट चेकजांच गरी पोखरामा हुने लागुऔषधलाई न्युनिकरणका लागी कास्की प्रहरीको सिंगो संगठन लागी परेको समेत बताए ।

कास्की प्रहरीले रातको समयमा मुल सडक भन्दापनि भित्री गल्लीहरुमा चेकजांचलाई तीब्रता दिएको बताउदै कास्की प्रहरी प्रमुख रानाले पोखरा उपत्यका जुनसुकै टोलमा कसैले होहल्ला वा चर्को आवाजका मोटरसाइकलहरु चलाएमा तुरुन्त प्रहरीलाई खबर गर्न समेत आग्रह गरेका छन । रानाले कास्केली जनताको सुुरक्षाका लागी कुनै कसुर बांकी नरहने गरी काम गर्न तत्पर रहेको बताउदै समाजमा हुने अवान्छनिय, बिकृतीमुलक क्रियाकलाप नियन्त्रण गर्नका लागी जनता र प्रहरी मिलेरनै अगाडी बढ्नुपर्ने बताए ।

बिहीबारको चेकजांचको क्रममा ५ सय वटा मोटरसाइल र दुइ दर्जन बढी लामो दुरीमा सञ्चालित सवारीहरुलाई चेकजांच गरिएको थियो । बिहीबारको राजमार्ग चेकिङको क्रममा १० हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button