अब विधिवत पोखरा महानगरपालिका, लेखनाथ शब्द हटाउने सरकारको निर्णय

पोखरा न्यूज- २४ साउन ।

अन्तत पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा महानगरपालिका कायम भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सरकारले बुधबार राति महानगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । राति बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा -लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ शब्द हटाउने निर्णय गरेसँगै महानगरको नाम  पोखरा महानगरपालिका कायम भएको छ ।

यसअघी पोखरा लेखनाथ महानगरको गत असार १२ मा सम्पन्न नगर सभाले पोखरा लेखनाथ महानगरपालिका नामबाट लेखनाथ शब्द हटाउन सिफारिस गर्ने प्रस्ताव सर्वसहमतिले गरि लेखनाथ शब्द हटाई पोखरामात्रै राख्न प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।

नगर सभामा वडा नम्बर १९ का वडाअध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचेतक शोभामोहन पौडेलले पेस गरेको नाम फेर्ने प्रस्तावलाई वडा नम्बर ९ का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामराज लामिछानेले समर्थन गरेका थिए । नगर सभाले सर्वसम्मत रुपमा नाम फेर्ने प्रस्तावलाई पारित गरेको थियो ।

गत फागुनमा साविकको पोखरा उपमहानगरपालिकामा लेखनाथ नगरपालिका सहित आसपासका केहि गाविसलाई गाभेर पोखरा लेखनाथ महानगरपालिका नामांकरण गरिएको थियो । महानगरको नाम लामो भएको तथा छोटकरी (पोले) नामले महानगरको मात्र नभई कवि शिरोमणि लेखनाथ पौडेलको समेत मानमर्दनमा असर परेको भन्दै व्यापक विवाद सिर्जना भएपछी लेखनाथ शब्द हटाउनका लागि प्रश्ताव गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button