गण्डकी प्रदेशको विधेयक प्रमाणी करण

पोखरा न्यूज -३०, साउन ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाले पारित गरेको प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण गएका छन् ।

प्रदेशसभाले साउन २१ गते पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुँवरले आज प्रमाणीकरण गरेका हुन् । नेपालको संविधान धारा २०१ को उपधारा ५ बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि यो विधेयक ऐन बन्ने व्यवस्था रहेको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी उपसचिव विश्वप्रकाश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, प्रदेशसभाको सचिवालय र सङ्घीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक/एकप्रति पठाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button