पोखरा विजयपुरकी पुष्पाले जितिन् नोभा दही ‘बिग तीज, बिग धमाका’ मा सुनको गहना

१२ जनाले जिते जनही १ हजार

पोखरा न्यूज -२७, भदौ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर  बिग एफएमले सञ्चालन गरेको रेडियो गेम शो ‘बिग तीज बिग धमाका’ मा पोखराकी पुष्पा राईले सुनको गहना जितेकी छिन् । पोखरा – २६ विजयपुरकी राईले बम्बर उपहार आधा तोलाको सुनको गहना जितेकी हुन् ।

फिस्टेल डेरी प्रालिको उत्पादन नोभा दहीसँगको सहकार्यमा तीन दिनसम्म सञ्चालन भएको गेम शोमा सही उत्तर लेखेर एसएमएस गर्ने मध्येबाट लक्की ड्र गर्दा उनको मोबाइल नम्बर भाग्यशाली बनेको हो । यस्तै, तीन दिनसम्म १२ जनाले जनही एक हजार जितेका छन् ।

गेम शो अन्तर्गत तेस्रो दिन सही उत्तर दिएर एमएमएस गर्ने मध्येबाट लेखनाथकी विपना अधिकारी र माटेपानीकी रुपा अधिकारी तथा फेसबुकमा सही कमेन्ट गर्ने मध्ये मीरा गुरुङ र सन्ध्या श्रेष्ठ छनौट भएका हुन् ।

गेम शोको दोस्रो दिन एसएमएसकर्ताबाट रोशनी गुरुङ र लक्ष्मी पौडेल तथा फेसबुकबाट माया कार्की र स्वस्तिका भण्डारी छनौट भएका थिए । पहिलो दिन सुप्रिया ढकाल र धनुश विश्वकर्मा एसएमएस गर्नेमध्ये भाग्यशाली बने भने फेसबुकमा सही कमेन्ट गर्दा जुना राना मगर र लक्ष्मी बानियाँ चुनिए । सबैलाई फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोका कार्यक्रम संयोजक शंकर तिवारीले बताए ।

तीन दिनसम्म दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिएको थियो । सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दैनिक दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई महिलालाई गोलाप्रथाबाट छनौट गरिएको हो ।

नोभा दहीको उत्पादक फिस्टेल डेरी प्रा.लि. मार्केटिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए । नोभा ब्राण्डका दुध दहीहरु पोखरामा सर्वप्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button