पोखरा विजयपुरकी पुष्पाले जितिन् नोभा दही ‘बिग तीज, बिग धमाका’ मा सुनको गहना

१२ जनाले जिते जनही १ हजार

पोखरा न्यूज -२७, भदौ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर  बिग एफएमले सञ्चालन गरेको रेडियो गेम शो ‘बिग तीज बिग धमाका’ मा पोखराकी पुष्पा राईले सुनको गहना जितेकी छिन् । पोखरा – २६ विजयपुरकी राईले बम्बर उपहार आधा तोलाको सुनको गहना जितेकी हुन् ।

फिस्टेल डेरी प्रालिको उत्पादन नोभा दहीसँगको सहकार्यमा तीन दिनसम्म सञ्चालन भएको गेम शोमा सही उत्तर लेखेर एसएमएस गर्ने मध्येबाट लक्की ड्र गर्दा उनको मोबाइल नम्बर भाग्यशाली बनेको हो । यस्तै, तीन दिनसम्म १२ जनाले जनही एक हजार जितेका छन् ।

गेम शो अन्तर्गत तेस्रो दिन सही उत्तर दिएर एमएमएस गर्ने मध्येबाट लेखनाथकी विपना अधिकारी र माटेपानीकी रुपा अधिकारी तथा फेसबुकमा सही कमेन्ट गर्ने मध्ये मीरा गुरुङ र सन्ध्या श्रेष्ठ छनौट भएका हुन् ।

गेम शोको दोस्रो दिन एसएमएसकर्ताबाट रोशनी गुरुङ र लक्ष्मी पौडेल तथा फेसबुकबाट माया कार्की र स्वस्तिका भण्डारी छनौट भएका थिए । पहिलो दिन सुप्रिया ढकाल र धनुश विश्वकर्मा एसएमएस गर्नेमध्ये भाग्यशाली बने भने फेसबुकमा सही कमेन्ट गर्दा जुना राना मगर र लक्ष्मी बानियाँ चुनिए । सबैलाई फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोका कार्यक्रम संयोजक शंकर तिवारीले बताए ।

तीन दिनसम्म दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिएको थियो । सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दैनिक दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई महिलालाई गोलाप्रथाबाट छनौट गरिएको हो ।

नोभा दहीको उत्पादक फिस्टेल डेरी प्रा.लि. मार्केटिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए । नोभा ब्राण्डका दुध दहीहरु पोखरामा सर्वप्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button