सन्दीप लामिछाने मेलबर्न स्टार्सको प्लेइङ सेटमा, डेब्यु गर्दै

पोखरा न्यूज –०६, पुष ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग ब्यास लिगमा आज डेब्यु गर्ने भएका छन् । मेलबर्न स्टार्समा अनुबन्धित सन्दीपले आज स्टार्सको पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धामा उत्रने भएका छन् ।

नेपाली समय अनुसार २:०० बजे शुरु हुने खेलमा स्टार्सले टस जित्दै फिल्डिङ गर्दैछ । ग्लेन म्याक्सवेलको कप्तानीमा उत्रने स्टार्सका लागि सन्दीप साथै अर्का लेग स्पिनर एडम जाम्पा पनि खेल्ने भएका छन् । टिममा बेन डन्क, मार्कुस स्टोइनिस्, ड्वेन ब्राभो लगायतका अन्तर्राष्ट्रिय ख्याति प्राप्त नामहरु रहेका छन् ।

यस अघि आइपिएल् , टि १० लिग लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग जनाइसकेका सन्दीप बिग ब्यास लिग खेल्ने पनि पहिलो नेपाली खेलाडी हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button