पोखराका विभन्न स्थानमा बम भेटियो, फिर्के नजिकै रहेको शक्तिशाली बम डिस्पोज

पोखरा न्यूज – १३, जेठ । पोखराका विभन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको छ । विप्लव माओवादीको बन्दको दिन पोखराको सिर्जनाचोक र फिर्केचोकको विचमा रहेको एनसेल कार्यालय अगाडी, न्युरोडमा रहेको आइडीई एकेडेमी अगाडि र कास्कीको नागडाँडामा बम तथा शंकास्पद बस्तु भेटिएको हो ।

एनसेलको कार्यालय नजिकै रहेको बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले बिहान ८: ४० बजे डिस्पोज गरेको हो । आइतबार राति भेटिएको बमलाई  डिस्पोजल टोलीले बिहान ६ बजे बाट ३ पटकमा झन्डै ३ घन्टा लगाएर डिस्पोज गरेको हो । बम शक्तिशाली रहेका कारण डिस्पोजल टोलीले संयमताका पुर्वक समय लगाएर डिस्पोज गरेको छ । बम डिस्पोज गर्ने क्रममा  सडक पारी रहेको लक्ष्मी होटलका ५ वटा झ्यालको सिसामा ६ वटा प्वालहरु परेका छन् ।

डिस्पोज गर्ने क्रममा आगोको ज्वालासहित मुस्लो निस्किएको थियो भने त्यसबाट निस्किएका छर्राले होटलमा सामान्य क्षति पुराएको हो  । बम रातिको समयमा भेटिएपछी सुरक्षाकर्मीले उक्त स्थानमा आवतजावत बन्द गरेर रातभर निगरानीमा राखेका थिए ।

त्यसैगरी पोखराको इनोभेटिभ डेभलपमेन्ट एजुकेशन (आइडीई) एकेडेमीको मूल गेटमा शंकास्पद बस्तु भेटिएपछि  डिस्पोजलका लागि नेपाली सेनाको टोली घटनास्थल तर्फ लागेको छ । एकेडेमीको मूल गेटमा कालो बस्तुमा तार बेरेको अवस्थामा बम जस्तो शंकास्पद बस्तु भेटिएको स्थानीयले बताएका छन् । वरपरका स्थानीयलाई अन्यत्र सारेर सुरक्षाकर्मीले उक्त स्थानलाई निगरानीमा राखेका छन् ।

उता कास्कीको नागडाँडामा समेत शंकास्पद बस्तु फेला परेको छ । नागडाँडाको सडकमा तारले बेरेको अवस्थामा शंकास्पद बस्तु भेटिएपछी सुरक्षाकर्मी उक्त स्थानमा पुगेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकर्ताको हत्या गरेको आरोप नेपाल बन्द आव्हान गरेको हो  । विप्लव माओवादीले नेपाल बन्द सहितको चरणबद्व संघर्षका कार्यक्रमहरु घोषणा गरेको श्रोतले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button