जीपको ठक्करबाट पोखरामा कार्यरत नेपाली सेनाका लिम्डुमको मृत्यु

पोखरा न्यूज – १३ जेठ ।  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा आज जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माइजुमाई गाउँपालिका–३ प्वाङ बस्ने २६ वर्षीय शैलेश लिम्डुम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग२च ९६२२ नं को दूध बोक्ने जीप र विपरीत दिशाबाट आउँदै गरेको मे५प ९२९६ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका लिम्डुमको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृत्यु हुने लिम्डुम नेपाली सेना गौरीबक्स गुल्म पोखरामा कार्यरत रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button