पोखरामा करेन्ट लागेर एक युवकको ज्यान गयो

पोखरा न्यूज – २५, जेठ ।  पोखरामा शनिबार बिजुलीको करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ ।

पोखरा महानरपालिका-११ फुलबारी स्थित प्रगति टोलमा निर्माणधीन  इन्द्र प्रसाद पाठकको घरमा बिजुलीको करेन्ट लाग्दा   कामदार भद्रकाली निवासी  १८ बर्षीय  प्रबिण नेपालीको मृत्यु भएको प्रहरीले  जनाएको छ ।

बिजुलीको पल्कबाट पानीको मोटरको  तार छुटाउने क्रममा करेन्ट लागेर घाइते भएका नेपालीको उपचारको क्रममा पश्चिमान्चल  क्षेत्रिय अस्पताल पोखरामा  मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button