रम्भापुरमा बस पल्टिँदा १७ जना घाइते

पोखरा न्यूज – ०८, असार । काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना४ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए । अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button