परिवर्तन विरोधीले पुरानो व्यवस्था फर्काउने सपना देख्न थाले: नेता नेपाल

पोखरा न्यूज -३२, साउन । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले परिवर्तनका विरोधीहरुले पुरानो व्यवस्था फर्काउने सपना देख्न थालको आरोप लगाएका छन् । शनिबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

‘परिवर्तन विरोधीहरु पुरानो व्यवस्था फर्काउन लागि परेका छन्,’ उनले भने, ‘कम्युनिष्टहरुले होसियार भएर त्यस्तो बदमासी गर्न दिनुहुन्न  ।’ देश विकासको गतिमा गतिशिल भई रहेको हुनाले अहिलेनै निराश हुनु आवश्यक नरहेको समेत उनले भनाई राखे ।  ‘कम्युनिष्ट पार्टीलाई गतिलो बनाएर लैजाने बाहेक अरु केही विकल्प छैन,’ उनले भने, ‘हामीले धेरै उतार चढाब पार गरिसकेका छौं । पार्टी एकतादेखि विभाजनसम्मको पिडा पनि भोगि सकेका छौं । अब, पार्टीलाई गतिलो बनाएर जानुको विकल्प छैन ।’ पार्टीको सर्कुलर पालना गरे सबैलाई न्याय हुने समेत उनको धारणा छ ।

पार्टी नयाँ ढंगले अघि बढ्न खोजि रहँदा यस्को शैलिमा केही सुधार गर्न आवश्यक रहेको समेत उनले स्विकार गरे । फरक प्रसंगमा मंसिर १४ गते हुन् लागेको उप-निर्वाचन बारे नेता नेपालले जो कोही उमेदवार उठे पनि नेकपालाई नै जिताउनुपर्ने भनाई राखे । ‘उमेदवार जो उठे पनि नेकपालाई नै जिताउनुपर्छ,’ उनले भने, ‘पार्टीले विचार गरि सकेपछि त्रुटि नै भए पनि दायाँबायाँ नगरि पार्टी जसलाई उठाएको छ । उसैलाई जिताउँन लाग्नुपर्छ, निर्वाचनको समय रिस पोख्ने बेला होइन ।’

कम्युनिष्टलाई सत्ताको मात कहिले पनि लाग्न नहुने उनले भनाई राखे । विरोधीले कम्युनिष्टलाई कमजोर बनाउँन लागि परे पनि कमजोरीहरु सुधार्दै लैजानु पर्ने उनले बताए । राजतन्त्रको विरुद्धमा सुनामी ल्याएको स्मरण गर्दै नेता नेपालले परिवर्तनको संवाहक एक मात्र नेपाल कम्पुनिष्ट पार्टी मात्र रहेको उनले दाबी गरे । सोही कार्यक्रममा नेता नेपालले नेपाली राजनीतिमा कम्युनिष्ट पार्टी बाहेक अरु कसैको विकल्प नभएको समेत दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button