स्याङजामा भिरबाट लडेर एक युवकको मृत्यु

पोखरा न्यूज – ०९, भदौ । स्याङजामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

स्याङजा, वालिङ नगरपालिका-११ का  २५  बर्षीय  युवक बसन्त थापाको सोमबार भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाईबाख्रा चराउन गएका थापाको लखने स्थित भिरबाट लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले घटनाको  बारेमा थप अनुसन्धान भैरहेको जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button