ओम एनएमबिमा गाभिएसँगै गण्डकी प्रदेशकै धेरै शाखा भएको बैंक

दीननाथ बराल, पोखरा न्यूज- १२, असोज । पोखराको ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकसंग गाभिएसंगै गण्डकी प्रदेशकै धेरै शाखा भएको बैंकको रुपमा स्थापित हुन सफल भएको छ । दुबै बैंक गाभिएपछि ११ अर्ब ५३ करोडको चुक्ता पूंजि भएको उक्त बैंकले आइतबार (घटस्थापना) देखि एकिकृत कारोवार गर्दैछन्।

कोष ८ अर्ब ६२ करोड गरी कुल पूंजि २० अर्ब १५ करोड पु¥याएको उक्त बैंकको शनिबार बेलुका पोखरामा आयोजित एक समारोहका बिच एकिकृत कारोवारको शुभारम्भ गरिएको छ । मर्ज पश्चात बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबी भवन, बबरमहल काठमाण्डौं रहने भएको बैंकले जनाएको छ ।

मर्जर पश्चात ३९ वटा शाखा सहित गण्डकी प्रदेशमा सबै भन्दा बढी शाखा संचालन भएको बैंकको रुपमा स्थापना भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दाबी गरे । बैंकका देशभर १ सय ६३ वटा शाखा, एटिएमहरको सञ्जाल १ सय २८ र एक्सटेन्सन काउण्टरको सङख्या ५ पुगेको बैंकका केसीले बताए । हाल एनएमबिका अध्यक्ष, सिइओ र संचालक समिति रहने र ओमको मुल्याङकन भने ७६ प्रतिशतले हुने भएको सिइओ केसीले जनाए ।

सन २०१७ र सन २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, वेलायतबाट बैंक अफ द इयरको उपाधि प्राप्त गर्न सफल बैंकले उर्जा, कृषि, उद्योग, पर्यटन लगायतको क्षेत्रमा लगानी गर्दै आएको छ । नेदरल्याण्डस् फाइनान्सेरिङ माट्सचाप्पिज भुर ओन्टविककेलिङस् ल्याण्डेन एन.भि.(एफ.एम.ओ.), कर्मचारी संचयकोष लगायतका समेत लगानी रहेको बैंकले जनाएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले एनएमबि बैंकको एकिकृत कारोवारको शनिबार बेलुका शुभारम्भ गर्दै परियोजना हेरेर कर्जा लगानी गर्न बैंक तथा विक्तिय संस्थालाई आग्रह गरेकाछन्। उनले भने “ अब बैंक तथा वित्तिय संस्थाले परियोजना हेरी कर्जा लगानी गर्नुहोस, परियोजनाको नाममा धितो नहेर्नुहोस, यदि धितो हेरेर परियोजनालाई वास्ता गर्नुभएन भने भोलि तपाँईले व्यवसायीलाई पनि डुवाउन सक्नु हुन्छ । ”

प्रदेशको आर्थिक विकास र समृद्धिमा यस्ता ठुला क बर्गका धेरै बैंकहरुको पुंजि आवश्यक भएको बताउदै मन्त्री गुरुङले व्याजबाट मुनाफा कमाउनु भन्दा पनि उत्पादनशिल क्षेत्रमा लगानी गरेर राज्यलाई केही कर तिरेर मुनाफा कमाउने सोच राख्न आग्रह गरे । गण्डकी प्रदेश पर्यटकीय, कृषि, उर्जा, औधोगिक लगायतका धेरै क्षेत्रमा सम्भावना भएको दाबी गर्दै मन्त्री गुरुङले विदेशी लगानी भित्रायर यहाँ उत्पादन र रोजगारमा बृद्धि गर्न माग गरे । केही बैंक तथा वित्तीय  संस्थाले सस्तो स्किम ल्यायर केही महिना पछि जनताको ढाँस सेक्ने गरी व्याजदरको मुल्य बृद्धि हुने गरेको बताउदै मन्त्री गुरुङले प्रदेशमा धेरै गुणस्तरिय होटल तथा रेण्टुरेण्टको खाँचो भएको जनाए ।

नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोख्रेलले गण्डकी प्रदेशमा हाल सय ८४ वटा स्थानमा बाणिज्य बैंक पुगेको बताउदै अझै पनि एक स्थानिय तहमा बाणिज्य बैंक पुग्न नसकेको जनाए । बैंक तथा विक्तिय संस्थाहरुलाई २५ प्रतिशत लगानी उत्पादनशिल क्षेत्रमा गर्न राष्ट्र बैंकले दिएको निर्देशनलाई प्रदेशमा भने १८ प्रतिशत मात्र उत्पादनशित क्षेत्रमा लगानी भएको उनले जनाए ।

संयुक्त मर्जर समितिका सदस्य राजेन्द्र बाटाजुले आफ्ना ओमका ४ सय ४३ जना कर्मचारी एनएमबी बैंक मर्ज भएसंगै बैंकमा ब्याबस्थापनको जिम्मा दिएको बताए । ओमका अध्यक्ष शुशिल कुमार गोसेलीले शुसासन, ग्राहकहरुको मन जित्ने कर्मचारी आत्मियताको कारणले गर्दा आफुहरु यो स्थानमा आउन सफल भएको दाबी गरे । २ लाख ६८ हजार ग्राहकबाट २५ अर्ब निंक्षेप र २२ अर्ब कर्जा लगानी भएको उनले बताए ।

कार्यक्रममा अध्यक्ष गोसेली, सिइओ केसी  लगायतले बैंकको  तर्फवाट अपाङ्ग मैत्री समाज कास्कीलाई २ लाख रुपैयाँको चेक सहयोग स्वरूप हस्तान्तरण गरे । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सहयोग गर्दै आएको  बैंकले  जनाएको छ  ।

एनएमबि बैंकका संचालक राजेन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा एफ.एम.ओ का प्रतिनिधि , पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतले वोलेका थिए ।

यसअघी एनएमबिबाट मर्जर समिति संयोजक प्रदीपराज पाण्डे र ओमका मर्जर समिति संयोजक योगेन्द्रलाल श्रेष्ठले बैंक मर्जर सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। 

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button