पोखराबाट ७० हजार भन्दा बढी यात्रु बाहिरिए

दीननाथ बराल, पोखरा न्यूज- १६, असोज । नेपालीहरुको महान पर्व दशैंको अवसरमा पोखराबाट हालसम्म करिब ७० हजार भन्दा बढी यात्रु पोखरा देखि बाहिरिएकाछन् ।

दशैं पर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुल्ला गरेसंगै, छिमेकी जिल्ला सहित गर्दा विहिबार सम्म करिब ७० हजार भन्दा बढी पोखराबाट यात्रुहरु बाहिरिएको पृथ्बीराजमार्ग बस संचालक कम्पनि प्रा.लि.का अध्यक्ष योगेन्द्र केसीले बताए ।

उनका अनुसार पोखरा काठमाण्डौंको रुटमा खासै समस्या नभए पनि पोखराबाट पुर्व तथा पोखराबाट पश्चिम तर्फ जाने यात्रु बाहक बसमा ५ गुणासम्म बसको सङख्या थप्नु परेको छ । पुर्व तर्फ दैनिक ५ बस संचालन हुनेमा विहिबार २५ वटा बस संचालन भएको अध्यक्ष केसीले जनाए ।

उनका अनुसार धरान दैनिक दुई वटा जानेमा विहिबार ५, नेपालगञ्ज दैनिक २ वटा चल्नेमा विहिबार ६ लगायतका केही रुटमाहरुमा उल्लेखनिय रुपमा बसहरुको सङख्या ५ गुणासम्म थप्नु परेको छ ।

कम्पनीबाट लामो दुरीका मात्र करिब ४० हजार यात्रु पोखराबाट बाहिरिएको उनले जनाए । छिमेकी जिल्ला स्याङजा, तनहुँ, पर्वत, लमजुङ, धादिङ सहितका जिल्लामा दैनिक ५ देखि ७ हजार जान पोखराबाट बाहिरिने भएको अध्यक्ष केसीले बताए ।

पोखरा क्षेत्रमा करिब ५० प्रतिशत जसो बाहिर क्षेत्रका व्यक्तिहरु विभिन्न पेशा व्यवसाय गर्दै आएकोले नवमीसम्म पोखराबाट बाहिर जाने क्रम जारी रहने भएको छ । पोखरा क्षेत्रमा करिब ५ लाख मानिसहरु बसोवास गर्ने गरेकाछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button