६० वर्ष यताकै शक्तिशाली आँधी ह्यागाबिस जापान प्रवेश गर्दै

पोखरा न्यूज -२४, असोज । सन् १९५८ यताकै सर्वाधिक शक्तिशाली मानिएको आँधी ह्यागाबिसले शनिबार बिहानदेखि जापानमा भारी वर्षा र भीषण हावाहुरी ल्याउने अनुमान गरिएको छ ।

मौसम पुर्वानुमानका अनुसार १ सय ८० किलोमिटर प्रतिघन्टाको वेगमा हावाहुरी ल्याइरहेको ह्यागाबिस आँधीले टोकियो र आसपासमा ६ सय -८ सय  मिलिमिटर वर्षा गराउनेछ । आँधीलाई मध्यनजर गर्दै जापानमा हजारौं उडान र रेल सेवा रद्द गरिएको छ भने विशालबजारहरुमा अत्यावश्यक सामान किन्ने सर्वसाधारणको भीड लागेको छ । ट्विटरलगायतका सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले पसल र स्टोरमा बोटल पानी र चाउचाउ जस्ता वस्तुको स्टक सकिएको तस्वीरहरुले सेयर गरेका छन् भने आँधीले उद्योग, व्यवसाय, कलकारखाना, शैक्षिक संस्था सबै बन्द गरिएको छ ।

आँधीको पुर्वसन्ध्यामा शुक्रवार जापानी प्रधानमन्त्री सिन्जो आवेले प्रकोप व्यवस्थापनका लागि क्याबिनेट बैठक बोलाएका छन् भने अर्थमन्त्री इस्सु सुगावाराले हस्पिटल र सार्वजनिक सेवाका निकायलाई ब्याकअपसहित तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । त्यस्तै प्रकोप व्यवस्थापन मन्त्री र्योटा टाकेडाले सर्वसाधारणलाई आफुलाई आवश्यक पर्ने अत्यावश्यक सामानका साथ तयारी गरेर बस्न आग्रह गरेका छन् ।

ह्यागाबिस आँधीले जापानको बिदा र जारी खेलकुद गतिविधिलाई पनि नराम्ररी प्रभावित पार्नेछ । आँधीकै कारण जापानमा जारी रग्बी विश्वकपका खेलहरुसमेत रद्द गरिएको छ फर्मुला वान अटो रेसिङलाई पनि पछि सारिएको छ ।

फिलिपिनो भाषामा वेग अर्थ दिने ह्यागाबिस आँधी टोकियोमा यो महिनाको दोस्रो आँधी हुनेछ । यसअघि फक्साई आँधीले टोकियोको पुर्वी भुभाग चिबामा ३० हजार भन्दा बढी घरमा क्षति पुर्याएको थियो जसमध्ये कैयौं घर अझै पुनर्निर्माण भैसकेका छैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button