अमेरिकामा किन रोजगारदाताको रोजाईमा टिनएजर्स ?

पोखरा न्यूज- ०२, कार्तिक ।  बेरोजगारी पाँच दशक यताकै कम विन्दुमा झरेसँगै अमेरिकामा श्रमिक बजारमा आपूर्ति भन्दा माग बढ्न थालेको छ । यसरी साँघुरिदो श्रमबजारमा आफ्नो श्रमिकको माग धान्ने उपायको रुपमा अमेरिकी कम्पनीहरुले किशोर किशोरी अर्थात टिनएजर्सलाई व्यापक काममा लगाउन थालेका छन् ।

श्रम बजारको अवस्थाले मात्र नभई टिनएजर्सलाई काममा लगाउन खर्च कम हुने तथा कामको बानी पार्न र तालिम दिनसमेत सहज हुने भएकाले उनीहरु ठुला कम्पनीको रोजाईमा परेका हुन् । अमेरिकामा वालमार्ट, स्टारबक्स, म्याकडोनाल्ड्स, डिज्ने जस्ता ठुला कम्पनीहरुले यस ट्रेन्डको शुरुआत गरेका हुन् । वालमार्टमा मात्रै हाल २५ हजार जति टिनएजर्सहरु रोजगारीमा छन् ।

टिनएजर्स पनि यस्तो किसिमको पार्टटाइम रोजगारीबाट लाभान्वित नै भएका छन् । वालमार्टले उनीहरुलाई सित्तैमा स्याट र एसिटी तयारी कक्षाहरुको व्यवस्था गरेर ट्युसन खर्चको ठूलो हिस्सा घटाइदिएको छ भने विद्यार्थीले रोजगारी बापत केही कलेज क्रेडिट पनि कमाउने छन् । अरु कम्पनीहरुले पनि शिक्षासँगै सम्बन्धित यस्तै लाभहरु दिने रणनीतिहरु प्रयोग गरेका छन् ।

श्रमिक बजारमा व्यापक संकुचनबाट उत्पन्न मौकाहरु र यस्ता शिक्षा सम्बन्धित फाइदा दिँदा पनि अमेरिकन टिनएजर्सको रोजगारी दर भने २९ प्रतिशत मात्रै रहेको छ । सन् १९७० तिर उक्त उमेर समुहको रोजगारी दर ४५ प्रतिशत भन्दा बढी थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button