पोखरामा अन्तरविद्यालय छात्र-छात्रा बास्केटबल प्रतियोगिता हुने

दिननाथ बराल, पोखरा न्यूज – १६, कार्तिक । पोखरामा आगामी मंसिर पहिलो सातामा १७ औं संस्करणको कर्नेल जेपि क्रस अन्तर विद्यालय छात्र-छात्रा बास्केटबल प्रतियोगिता २०७६ हुने भएको छ ।

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा समाजसेवी जेपि क्रसको मुख्य प्रायोजनमा मंसिर ३ देखि ७ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको संघ कास्कीका अध्यक्ष धोजकुमार गुरुङले बताए । प्रतियोगितामा विजेता छात्र-छात्रा टिमले १२/१२ हजार, उपविजेताले ८/८ हजार र तेश्रो हुनेले ५/५ हजार प्राप्त गर्ने छन । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ट्रफी प्रदान गरिने भएको सदस्य अर्जुन परियारले बताए ।

यसैबीच संघले शुक्रबार पोखरामा चार जना पूर्व खेलाडीलाई पोखरामा स्वागत गरेको छ । दक्षिण कोरिया कास्की समाजका संरक्षक खोम प्रसाद गुरुङ, अकलादेवि समाज हङकङका कोषाध्यक्ष टुक प्रसाद गुरुङ, सदस्य असोक गुरुङलाई खादा लगायर स्वागत गरेकोे हो । साथै उनीहरुले जेपि क्रस अन्तरबिद्यालय छात्र-छात्रा बास्केटवल प्रतियोगिताको लागि जनही ५-५ हजार गरी १५ हजार रुपैया आर्थिक सहयोग गरेका छन्। पुर्व क्षेत्रिय खेलाडी एवं पूर्व राष्ट्रिय रेफ्रि हाल पोर्चुगल बस्दै आएका खुम पुनलाई समेत कार्यक्रममा स्वागत गरिएको हो ।

संघका केन्द्रिय उपाध्यक्ष जुमप्रसाद गुरुङले संघ कास्की स्थापना गर्न धेरै सघर्ष गर्नु परेको बताउदै पहिलो संस्करणमै कर्नेल जेपी क्रसले ३० हजार रुपैया आर्थिक सहयोग गरेको स्मरण गरेका थिए । पोखरा महानगरका बरिष्ठ कानुन अधिकृत नारायण शर्माले खेलाडीहरुलाई स्वदेशमा आउदा स्वागत गर्नु राम्रो संस्कार भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button