दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु, पोखराका २ घाइते

पोखरा न्यूज -३०, कार्तिक । भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।

ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१७प ४५६४ नं को मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा५३प १६५० नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बा५३प १६५० नं को मोटरसाइकल चालक चौधरीको मृत्यु भएको हो ।

ग१७प ४५६४ नंको मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–१५ बस्ने २१ वर्षीय सन्तोष ठकुरी र पछाडि सवार २० वर्षीय रमेश विक घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर खाने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button