कास्कीमा धानको उत्पादन घट्यो, हराउँदै जेठोबुढोको गुणस्तर

दीननाथ बराल, पोखरा न्यूज-०१ पुष। प्रतिकुल मौसमका कारण कास्कीमा धानको उत्पादनमा कमी आएको छ । धान रोप्ने समयमा खडेरी र धान रोप्नु पुर्व अत्याधिक पानी परेकाले गर्दा अघिल्लो बर्षको तुलनामा यस बर्ष धानको उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र स्याङजाका प्रमुख शालिकराम अधिकारीले बताए ।

उनले भने “कास्कीमा यस बर्ष अघिल्लो बर्षको तुलनामा बढी क्षेत्रफलमा धान रोपाई भएको थियो तर उत्पादनका हिसाबले गत बर्ष भन्दा कम उत्पादन हुन गयो, धानको बोटमा धानभन्दा केही भागमा भूस फलेको थियो । ” यस बर्ष ८० हजार ५ सय ७१ मेट्रिकटन धान उत्पादन भएको छ । २६ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदा धान उत्पादन भएको केन्द्रले जनाएको छ ।

गत बर्ष कास्कीमा २३ हजार २ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाई भएपनि ८२ हजार ४ सय ५७ मेट्रिकटन धान उत्पादन भएको प्रमुख अधिकारीले बताए । यसरी हेर्दा गत बर्ष भन्दा यस बर्ष २ हजार ७ सय ६४ हेक्टर बढी क्षेत्रफलमा धान रोपाई भए पनि गत बर्षको तुलनामा  १ हजार ८ सय ८६ मेट्रिकटन धान कम उत्पादन भएको हो । यस बर्ष केही ठाउँमा धान फल्नु पर्नेमा भुस नै फलेकाले धेरै ठाउँमा धान रोपाई भएपनि फल उत्पादन नभएको उनले दाबी गरे ।

केही ठाउँमा धानमा व्लाक स्मट रोगका कारण धान उत्पादनमा कमी आएको प्रमुख अधिकारीले जनाए । पोखराको पहिचान नै भएको जेठोबुढो धान स्याङजाको तुलनामा कास्कीमा प्रति हेक्टरमा कम फल्ने गरेको उनले जनाए । उनका अनुसार स्याङजामा प्रति हेक्टर जेठोबुढो ३.८२ मेट्रिकटन धान उत्पादन हुने गरेको छ भने कास्कीमा प्रति हेक्टर ३.०९ प्रतिशतले मात्र धान उत्पादन हुने गरेको छ ।

टिपिकल जेठोबुढोको शुद्धता हराउदै जाँदा जेठोबुढो चामलको शुगन्ध बिस्तारै हराउदै गएको प्रमुख अधिकारीले दाबी गरे । उनले भने “ जेनेटिक कारणले गर्दा किसानले बिउ छनौट गर्दा मिसावट भएकाले गर्दा जेठोबुढो धानमा गुणस्तरमा ह्रास आएको हो । ” पानीको मुहान हुने स्थलहरुमा धान उत्पादन गत बर्षको तुलनामा बराबर जसो भएपनि आकाशे पानीको भरमा रोपिएको धान खेलमा केही समस्या आएको केन्द्रले जनाएको छ ।

त्यसैगरी स्थानिय जातको धान समेत लोपउन्मुख अवस्थामा भएको कृषकहरुले गुनासो गरेका छन्। पोखरा र कास्कीको मुख्य धान जेठोबुढो, पहेले, गुर्दी लगातका हुन् । हाइब्रिड धानले स्थानिय धानलाई बिस्थापित गर्न लागेको स्थानिय कृषक लेखनाथ आचार्यले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button