बिहीवारदेखि लेखनाथ महोत्सव, तयारी अन्तिम चरणमा

पोखरा न्यूज – ०१, पुष । यहि पुष ३ गते १५ गतेसम्म चल्ने १६ औं सस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा लेखनाथ डाँडाको नाकमा  बिहीवारदेखि शुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र संबृद्धि’ भन्ने नाराका साथ संचालन हुने महोत्सबमा ३ सय ४० स्टल रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सबमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुतिको साथमा बाल उद्यान, खाना महोत्सव, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड लगायतका स्टलहरु रहने प्रचार प्रसार उप समितिका संयोजक उपेन्द्रराज सुवेदीले बताए ।

करिव १ करोड ३० लाख आम्दानी र १ करोड १० लाख खर्च हुने अनुमान गरिएको महोत्सबमा करिव १५ करोड बरावरको कारोवार लक्ष्य राखिएको संघका अध्यक्ष तथा महोत्सव मूल संयोजक बलराम ढकालले बताए ।

महोत्सबबाट बचत हुने रकम प्रदर्शनी स्थलको स्तर उन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने ढकालले जानकारी दिए ।

महोत्सबको सह-आयोजकमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button