पोखरामा क्रिसमसको रौनक

  • पोखरा न्यूज
  • २०७६ पौष ९
पोखरामा क्रिसमसको रौनक

राजाराम पौडेल, पोखरा न्यूज -०९, पुष । क्रिसमसको रौनक पोखरामा हुने गर्दछ । विशेषगरी क्रिसमस मनाउन खोज्ने विदेशी पर्यटकलाई लक्षित गरि विभिन्न कार्यक्रम गर्ने गरिएकोमा अहिले भने नेपालीहरुको सहभागीता समेत बढ्दै गएको छ ।

क्रिश्चियन धर्म मान्ने र नमान्ने दुवैले क्रिसमस सेलिब्रेट गर्ने गरेका छन् । त्यसैलेत क्रिसमस आउनुपुर्व नै विभिन्न होटल, रेष्टुरेन्ट, पसल, डिपार्टमेन्टल स्टोर्स, सिनेमाहल आदी ठाउँमा क्रिसमस ट्रि राख्ने गरिन्छ । यसरी राखिएका क्रिसमस ट्रि मा फोटो खिच्न खोज्नेहरु उतिकै देखिन्छन् ।

विशेषगरी पर्यटकको आउजाउ बढी हुने लेकसाइड क्षेत्रमा क्रिसमसलाई लक्षित गरी कार्यक्रम गर्ने गरिन्छ । क्रिसमस देखि अग्रेजी नयाँ वर्षको दिनसम्म यहाँ विभिन्न कार्यक्रम आयोजना हुनेगर्दछन् । साथै विभिन्न ध्वजा पतकामा सजाएर झिलिमिलि बनाइन्छ ।

पोखरामा अग्रेजी नयाँवर्ष तथा क्रिसमसको अवसरमा निरन्तर कार्यक्रमको आयोजना गरिने भएकोले क्रिसमस र नयाँवर्ष मनाउन पोखरा आउन खोज्ने पर्यटकको संख्या बढ्दैछ । यसका अलावा पर्यटकको बसाई अवधि लम्ब्याउन यहाँ आयोजना हुने कार्यक्रमले सघाउ पु¥याउने गर्छन् ।

क्रिसमसको अवसरमा विभिन्न साँगीतिक कार्यक्रम सहित क्रिसमस पार्टी पोखरामा हुने गर्दछन् । रात्रिकालिन व्यवसाय हुने ठाउँमा क्रिसमसको समयमा बढी भिड देखिन्छ ।

पोखरेली ख्रीष्टिय समुदायले समेत क्रिसमसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस