गण्डकी प्रदेशका सबै स्थानिय तहमा हेलिप्याड निर्माण गरिने

दीननाथ बराल, पोखरा न्यूज – २७, पुष । आकस्मिक बिरामी, दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पुर्याउन र पर्यटकीय क्षेत्रमा हेलिकोप्टर मार्फत पर्यटकलाई सहज ढंगबाट आवतजावत गर्न सहयोग पुग्ने उद्धेश्यले गण्डकी प्रदेश सरकारले प्रदेशका सबै स्थानिय तहमा हेलिप्याड निर्माण गर्ने भएको छ ।

प्रदेश सरकारको पहलमा प्रदेशका ८५ वटै स्थानिय तहमा हेलिप्याड निर्माण गर्ने भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । प्रदेश सरकारले म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न करिब ८ लाख रुपैया यस बर्ष विनियोजन गरेको छ । अन्य जिल्लामा हेलिप्याड निर्माण गर्नको लागि स्थानिय तह तथा प्रदेश सरकारले हेलिप्याड बनाउने योजना बनाएको मन्त्री लम्साललले जनाए ।

यसैबिच प्रदेश सरकारले पोखरा नागरिक उड्डयन प्राधिकरणको प्राविधिक सहयोगमा स्थानिय तहहरुमा हेलिप्याड निर्माणको सम्भाव्यता अध्ययन अनुसन्धान गर्नको लागि प्राधिकरणको टोलीसंंग छलफल समेत गरेको छ । प्रदेशका जिल्लामा हेलिकोप्टरको पहुच पुर्याउन के कस्ता प्राविधिक बिषय बस्तुमा ध्यान दिनुपर्छ यस बिषयमा आवश्यक सहयोग गर्न नागरिक उड्डयन कार्यालय पोखरा तयार रहेको पोखराका प्रमुख भोला प्रसाद गुरागाँईले बताए ।

भुगोलको अवस्था अनुसार हवाई सुरक्षामा ख्याल गर्दै आफुहरुले आवश्यक ठाउँमा हेलिप्याड निर्माण गर्नको लागि सहयोग गर्न तयार रहेको उनले जनाए ।  हेलिकोप्टर सहज रूपमा अवतरण र उडान गर्नसक्ने प्राविधिक रूपमा उपयुक्त स्थानमा हेलिप्याड निर्माण गर्ने जग्गा छनोट गरिने भएको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलिले उपयुक्त स्थान छनौट गर्नेछ भने हेलिप्याडको इष्टिमेट डिजाईन गर्नेछ ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई. विनेश मुन्नाकर्मीका अनुसार हेलि प्याड निर्माणको मापदण्ड हेलिप्याडको सतह सामान्यतया १५ सेन्टिमिटर ढलान पिपिसीले बनेको,खुल्ला सहज तवरले हेलिकोप्टर बस्न मिल्ने तथा सुरक्षित स्थान,हेलिप्याड ५१/५१ मिटर तथा २६/२६ मिटरको हुनेछ । पोखरामा हाल विभिन्न हेलिकोप्टर कम्पनी मार्फत पोखरा माउण्टेन फ्लाई गर्दै आएकाछन्। अधिकांश अन्नपूर्ण आधार शिविर देखि गोसाइकुण्डसम्म जाने गरेको पाइन्छ । केहिले काहिँ हेलिकोप्टर उद्धारमा समेत प्रयोग गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button