पर्यटकको रोजाइमा पर्दै पोखराको कालावाङ

राजाराम पौडेल, पोखरा न्यूज – २० , माघ । भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना तथा अगुवाईमा स्याङ्जा जिल्लाको सिरुवारीमा वि.स. २०५४ मा होमस्टे शुरु भयो । विस्तारै यस तर्फको आर्कषण बढ्न थाल्यो ।

गाउँघरको कला संस्कृती हेर्न पाइने मात्र नभएर गाउँमानै पाइने अर्गानिक परिकार खान पाउँदा होमस्टे तर्फ आन्तरिक तथा बाह्रय पर्यटक आर्कषित हुदाँ होमस्टे सञ्चालन गरी पर्यटकको आर्कषण बढाउने लहर शुरु भयो । यस्तैमा वि.स. २०७१ चैत्र महिनाबाट हालको पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीभुम्दीमा कालावाङ घरेडीको होमस्टे शुरु भयो । सञ्चालनमा आएको छोटो समयमानै कालावाङ घरेडी होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकको मन यो होस्टेले जित्दै गइरहेको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउन त्यहा सञ्चालमा रहेका होमस्टे सञ्चालकहरु समेत लागी परेका छन । गुरुङ, बा्रहमण र दलित बस्ती रहेको कालाबाङ घरेडीमा १८ घर धुरीमा होमस्टे सञ्चालन गरिएको छ । पोखराबाट साढे १२ किलो मिटर दुरीमा यो होमस्टे गाउँ रहेको छ । विगतमा लाहुरे समुदायका ३ सय घर रहेको गाउँमा हाल १ सय ५६ घर छन् । जसमध्ये ब्रामणका ६, गुरुङका ११ र दलितको १ घरमा होमस्टे सुविधा छ ।

 

बस्तीदेखि माथीको चक्र हाल्ने डाँडाबाट फेवाताल, पोखरा उपत्यका, धौलागिरी, माछापुच्छ«े, मनास्लु, अन्नपुर्ण लगायतका हिमालको दृश्य एकैसाथ हेर्न पाइन्छ । गाउँमा रहेको शिवालय र गुम्बाले समेत त्यहाँ पुग्नेहरुको मन जित्छ । होमस्टेमा आउने पर्यटकलाई स्थानिय स्तरमै गाउमै उत्पादन भएको खानाको स्वादबाट पाहुनालाई लोभ्याउने गरिन्छ ।

एकैपटकमा ६० जनासम्मलाई सेवा दिन सक्ने भएपनि जानकारी गराएर गएको खण्डमा १ सय ५० जना सम्मको समुहलाई सेवा दिन सकिन्छ । त्यहाँ बस्न ९ सय रुपैयाको प्याकेज उपलब्ध छ । पुरा प्याकेज अन्तर्गत  दिउँसो ४ बजेसम्म पर्यटकहरु गाउँमा पुग्नुपर्दछ । पर्यटक पुगेपछि फुलमाला र गाउँको धागो लगाउने चलन त्यहाँ छ । लगत्तै सेलरोटी, आलुदम, गाउँमै उत्पादन गरिएको लोकल कफि र चियाले स्वागत गरिन्छ ।

त्यहाँ रहेको सामुदायिक भवनमा लगेर घर बाँडफाँड गरिन्छ । बेलुका साँस्कृतिक कार्यक्रम गरिन्छ । सास्कृतिक कार्यक्रम हेर्न साँझ साढे ७ बजे सामुदायिक भवनमा पुग्नुपर्छ । साँस्कृतिक कार्यक्रममा सहभागी हुन समुहले ३ हजार रुपैया तिनुपर्नेहुन्छ । ब्रामण समुदायको भजन, आमाटोलीको नृत्य, भगवती आधारभुत विद्यालयका विद्यार्थीको नृत्य मार्फत तहाँ पुग्ने पर्यटकलाई मनोरञ्जन प्रदान गरिन्छ । साँस्कृतिक कार्यक्रम पश्चात गाउँको अर्गानिक नन भेज खानाका परिकारले अतिथिलाई स्वागत गरिन्छ । साथमा दुईजनाको लागि एक बोलत गाउँमा बनेको कोदाको तीनपाने रक्सी उपलब्ध गराइन्छ ।

विहान साढे पाँच बजे गाउँभन्दा माथी रहेको चक्रहाल्ने डाडाँमा लगेर सनराइजको दृश्य हेर्ने व्यवस्था मिल्नेछ । त्यसअगाडीनै बेडमानै चियाले अतिथिलाई स्वागत गरिन्छ । त्यहाँबाट देखिने मनोरम दृश्य हेर्ने अनि क्यामेरमा कैद गर्ने कार्य गर्छन् । त्यसपश्चात बे्रकफास्ट उपलब्ध गराइन्छ र विहान ९ बजे गाउँबाट विदाइ गरिन्छ ।

फुर्सदको समय भएका पर्यटकलाई १ हजार १ सय ५० रुपैयाँको प्याकेजको साथमा लञ्चको व्यवस्था हुन्छ । उनीहरुलेले ९ बजेदेखि १२ बजेसम्मको समय गाउँमा रहेको विद्यालय, कफि प्रोजेक्ट, गाउँका ढिकी, जातो, भेसी दुहेको, दही मोथेको लगायतका दृश्य हेर्न पाउनेछन् । यो प्याकेज लिएकाहरु मध्यान्न १२ बजेको लञ्च पश्चात गाउँबाट फर्कन्छन् ।

कालाबाङ घरेडीमा होमस्टे सञ्चालनका लागी एसियन मानव अधिकार फोरम र विभिन्न संघ सस्थाले सहयोग गरेका छन् । पर्यटकको माग अनुसार आफुहरुलाई परिमार्जित गर्दै सेवा दिन थालेको कारण कालावाङ रोजाइमा पर्न थालेको होमस्टे सञ्चालक रविन्द्र गुरुङको भनाइ छ । मार्केटिङ र प्रचारप्रसार गर्न सके पोखरा आइपुग्ने २५ प्रतिशत पर्यटकलाई कालावाङ घरेडीमा पुर्याउन सकिनेमा उनी आशावादी छन् ।

हाल कालावाङमा पुग्ने आन्तरिक पर्यटकको संख्या बढी छ । समुहमा त्यहाँ पुग्नेहरुको संख्या बढ्दै गएकोले होमस्टे सञ्चालक उत्साहित भएका छन् । पोखराबाट नजिकै रहेकोले गर्दा पनि यो गाउँमा पुग्न खोज्नेहरुको संख्या बढ्दैछ । यहाँ पाइने गाउँकै लोकल कुखुरा, सुकुटी, तीन पाने रक्सी, अर्गानिक खाना लगायतका परिकारले समेत बसाइलाई अविस्मरणीय बनाउने गरेको छ । गाउँमा होमस्टेतर्फ आर्कषण बढेपछि केहि युवा पुनः गाउँ फर्कीएर व्यवसाय सुरु गर्न थालेको होमस्टे सञ्चालक गुरुङ बताउँछन् ।

नेपालको चर्चित लोकपप व्याण्ड नेपथ्यका अमृत गुरुङको घर पनि कालावाङ घरेडीमा छ । गाउँ भन्दा माथी आफ्नै फाम हाउस भएकोले पनि अमृतको पोखरा बसाई भने फाम हाउसमा हुने गर्दछ । अमृतले पनि गाउँमाथी रहेको नेपथ्य हिलमा दूईवटा अर्पाटमेन्ट बनाउने तयारी गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button