पोखरामा विश्व संगीत महोत्सव हुने

राजाराम पौडेल, पोखरा न्यूज – ०८ ,फागुन । पोखरामा फागुन १० गते शनिबार विश्व संगीत महोत्सवको आयोजना गरिने भएको छ ।

‘महाशिवरात्री विश्व संगीत महोत्सव’को आयोजना पोखराको पुरानो व्याण्ड नमस्तेको ३१ औँ वार्षिकोत्सवको अवसर पारेर गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तथा स्थानिय कलकारको प्रस्तुती रहने नमस्ते व्याण्डका भोकलिष्ट तथा कार्यक्रम संयोजक ईश्वर गुरुङ जनाए । महोत्सवमा पप, रक गीत मात्र नभएर लोक तथा सुगम संगीत समेत सुन्न पाइनेछ ।

अमेरिकाको पिजेपिस जोइन्ट व्याण्ड, नमस्ते ब्याण्ड जापान, नमस्ते ब्याण्ड नेपाल, रन युनिटी (लाइन स्टार) युके, बमशिव मिनामी जापान, हिता ग्रुप (तिब्बत, एनइओ प्रिज्म) नेपाली रक व्याण्ड १९७४ एडी, कुटुम्ब ब्याण्ड, सि-वाज (कृपा फाउण्डेशन), प्रमोद निर्वान्स एण्ड म्युजिक लिङ्कस, हिमालयन एण्ड कल्टीभेसन, श्री-थ्री ब्याण्ड र मिलन एण्ड द आर्टिष्ट आदिको प्रस्तुति महोत्सवमा रहने आयोजकले बताए ।

यसैगरी दीप श्रेष्ठ, गगां बर्दान, राजेश पायल राई, याम बराल, उदय सोताङ, मनिला सोताङ, श्रेया सोताङ, उदेश श्रेष्ठ, चीरासिङ खड्का, प्रश्न पाण्डे, अमृता लिम्बु आदीको प्रस्तुति समेत त्यहाँ रहनेछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका कलाकारहरुको प्रस्तुति अर्को आर्कषण रहनेछ ।

लेकसाइडको बाराहीघाटमा हुने १५ औं संस्करणको महाशिवरात्री संगीत महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने आयोजकले बताए । मध्यान्ह १२ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेश गर्न एक सय रुपैयाँको टिकट आवश्यक पर्नेछ भने कार्यक्रमको व्यवस्थापन एसटी क्रिएशन म्यानेजमेन्ट प्रा.लि.ले गर्नेछ । नमस्ते ब्याण्डको स्थापना ३० वर्ष अघि भएको थियो ।

सम्बन्धित न्यूज

Back to top button