कम्युनिष्टलाई कता कता मात लागेको छ : मुख्यमन्त्री गुरुङ

दीननाथ बराल । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले कम्युनिष्टहरुमा दुई तिहाई सरकारको मात लागेमा २०१५ सालको कांग्रेसको हालत हुने बताएका छन् ।

पोखरा १८ मा रहेको राष्ट्रिय विभूति तथा शहिद पार्कमा हालै निर्माण गरिएको पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको बिहिबार शालिक अनावरण गर्दै  उनले भने “अहिले हाम्रो पार्टीको सरकार छ, यो सरकारले दुई तिहाईको दम्भ देखाएर काम गर्न हुन्न , दुई तिहाइको सरकारले पनि आर्थिक अनुशासनको पालना गर्नुपर्छ, पारदर्शीको नीतिलाई पालना गर्नु पर्छ, सुशासनलाई मान्नु पर्छ, विधिको शासनलाई पालना गर्नु पर्छ, विधि प्रकृयामा सबै जानु पर्यो । ”

दुई तिहाईको बहुमत भयो भन्दैमा विधि प्रकृया मिचेर काम गर्न पाउने अधिकार नभएको टिप्पणी गर्दै मुख्यमन्त्री गुरुङले दुई तिहाइको सुविधा अग्रगमनमा जादा हुने बाधा हड्चन फुकाउने काम भएको बताए । उनले भने “ दुई तिहाईको अधिकार के मात्र हो भने संविधान कार्यान्वयन गर्दै जादा आर्थिक समृद्धिको यात्रामा हिड्दै गर्दा हाम्रो संविधानको धारा उपधारामा अवरोध सृजना गर्यो, अग्रगमनमा बाधा दिएमा प्रतिगामी देखिने धारा उपधारालाई संसोधन गर्ने हैसियत छ भनेको हो । ”

कम्यिुनिष्टहरुमा अहिले कता कता मात लागि रहेको मुख्यमन्त्री गुरुङले बताए । उनले भने “ अब नसचिए अबको २-३ बर्ष पछि जनताको बीचमा जानुपर्ने भएकोले जनताको विश्वासलाई हामीले हाम्रो योग्यता क्षमता सदा सयता जनताको पक्षमा, मुलुकको पक्षमा काम गर्नु पर्छ, काम गर्दै जादा कहिले कहिले गल्ती हुन्छ त्यो गल्तीलाई जनताले पमाफ दिन्छन तर खुल्ला हृदयका साथ इमानदारीका साथ सदभावका साथ हामीले काम गर्नु पर्छ । ”

हाम्रै कारणले गर्दा अस्थिर सरकार छ भन्ने कुरा जसले गर्छ जनता प्रति वेइमानी गरेको ठहरिने उनले जनाए । उनले भने “ आज हामी जनतालाई अप्रिय हुने खाल्का नालायक निर्णयहरु गर्न खोज्दैछौं, व्यक्तिको नाममा व्यक्तिको लागि एउटा व्यक्तिको इच्छा र आकांक्षा पुरा गर्नको लागि संविधान संसोधन गर्ने यो कदा हामीलाई मान्य हुदैन् । ”  नेकपा पार्टीलाई कालो धब्बा लागेको उनले जनाए ।

उनले भने “ व्यक्तिको लागि संविधान संसोधन गर्ने कुरा यसमा जनताले के भन्लान, अन्तराष्ट्रिय लेवलमा हामीलाई हेर्ने दृश्टिकोण कस्तो हुन्छ, प्रतिपक्षले के भन्लान, अब हामी सचिनु आवश्यक छ, द्धन्द निम्तिने काम प्रधानमन्त्री, अध्यक्ष, बरिष्ठ नेताले पनि गर्नु भएन ।”।

सबै इमानदार भएर जनताको हितमा कम गर्नुपर्नेमा मुख्यमन्त्री गुरुङको जोड थियो । उनले भने “समृद्धिको अभियान व्यक्तिको अभियान होइन, यो सिंगो पार्टीको अभियान हो र  सिङ्गो आन्दोलनको अभियान हो, सिङ्गो क्रान्तिको जनादेश हो, यसलाई पुरा गर्न हामी सवै लाग्नु पर्छ । ”

दलाल पुंजिबादीले विकास निर्माणमा धेरै सताएको आरोप लगाउदै मुख्यमन्त्री गुरुङले नोकर शाही पुंजीबादीले धेरै अबरोध सृजना गरेको जनाए । उनले भने “ दलाल, नोकर साही पुंजीबादको समेत पार्टी भित्र छाया परेर त्यसको हाउगुजी, छाँया परेको जनता र मलाई समेत आभास भएको छ । ” आर्थिक समृद्धिको लागि पार्टी भित्र बाहिरबाट खेल्न सक्ने अबस्थबाट मुक्त राख्नु पर्ने मुख्यमन्त्री गुरुङको भनाई थियो । उनले भने पार्टीका नेताले सधै सचेत भएर काम गर्नुपर्यो । ”

पार्क निमार्ण समितिका अध्यक्ष रण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रबिन्द्र अधिकारीकी धर्मपत्नी एवं सांसद बिद्या भट्टराई सहित प्रदेश सांसद, नेकपाका नेता कार्यकर्ता तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित न्यूज

Back to top button