रवीन्द्र अधिकारीको शालिक बनाउने मुर्तिकार सेन्चुरी सम्मानित

दीननाथ बराल । पूर्व मन्त्री एवं नेकपाका नेता  रवीन्द्र अधिकारीको रंगिन पूर्णकदको शालिक बनाउने मुर्तिकार दीलबहादुर सुनार सेन्चुरी सम्मानित भएका छन् ।

पोखरा १८ मा रहेको राष्ट्रिय विभूति तथा शहिद पार्कमा हालै निर्माण गरिएको नेता अधिकारीको शालिक अनावरण कार्यक्रमको अवसरमा बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सम्मानपत्रको साथमा माला लगायर मुर्तिकार सेन्चुरीलाई सम्मान गरेका हुन् ।

सुर्खेत भेरी गंगा घर भएका सेन्चुरीले अधिकारीको शालिक करिब ६ महिनाको समय लागेर निर्माण गरेका हुन्। सेन्चुरीले शहिद पार्कमा निर्माण भएका अधिकारी सहितका ५ वटा शालिक निर्माण गरेका हुन् ।

४६ बर्षीय सेन्चुरी ३ दशक देखि मुर्तिकारको रुपमा काम गदै आएका छन् ।

सम्बन्धित न्यूज

Back to top button