लकडाउन फुटबल खेल्दा झगडा: एक वृद्धसहित ८ घाइते

तनहुँ। तनहुँको व्यास नगरपालिका–९ स्थित मासफाँट (कुमाल गाउँ टोल) र वडा नं कै ९ स्थित मध्यमासफाँट (कुसुमे) टोलका व्यक्तिबीच आज झगडा हुँदा आठ जना घाइते भएका छन् ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउन भएको अवस्थामा फुटबल खेल्ने क्रममा विवाद भएपछि भएको झगडामा परी कुमाल टोलका एक वृद्धसहित आठ जना घाइते भएका हुन् ।

कुसुमे टोलका व्यक्तिहरुले कुटपिट गर्दा कुमाल टोलका ६५ वर्षीय वुद्धिबहादुर कुमालसहित आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । कुमालको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कुटपिट गरेको अभियोगमा प्रहरीले कुसुमे टोलका तीन जनालाई नियन्त्रणमा लिएको छ । “फुटबल खेल्ने क्रममा विवाद भएपछि मास्दी टोलका स्थानीयले कुमाल टोलका स्थानीयलाई कुटपिट गरेका रहेछन्”, प्रनाउ लामिछानेले भने, “पछि कुमाल टोल नै उर्लिएर मध्यमासफाँट टोलका व्यक्तिहरुलाई लखेटेका रहेछन् ।” -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button