पोखरा तथा गण्डकी प्रदेशका निजी अस्पतालले उपचारमा २० प्रतिशत छुट दिने !

पोखरा । अफिनमातहत रहेका पोखरा तथा गण्डकी प्रदेशका निजी अस्पतालहरूले उपचारमा २० प्रतिशत छुट दिने भएका छन्।

देशभरका निजी क्षेत्रबाट सञ्चालनमा रहेका अस्पतालहरूले उपचारमा २० प्रतिशत छुट दिने भनि अफिन नेपालले सोमबार गरेको निर्णय अनुसार नै यस क्षेत्रका अस्पतालले छुट दिने भएको अफिन गण्डकी प्रदेशका अध्यक्ष अशोक पालिखेले जानकारी दिए।

पछिल्लो मन्त्रिपरिषद्को बैठकले बिभिन्न क्षेत्रमा छुटको घोषणा गरेको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै आजदेखि चैत मसान्तसम्म अफिन मातहतका सम्पूर्ण अस्पतालले आफूले प्रदान गर्ने सेवामा उक्त छुट दिने व्यवस्था गरिएको अध्यक्ष पालिखेले पोखरा न्यूजलाई बताए । उक्त छुट अस्पतालले आफैं खरिद गर्ने औषधि र चिकित्सकले प्रयोग गर्ने सामग्रीमा भने लागू नहुने अध्यक्ष पालिखेले स्पष्ट पारे ।

अस्पतालमा हुने टेष्ट, बेड चार्ज, डाक्टरको फि लगायतमा बिरामीले छुट प्राप्त गर्ने उनले जनाए । पोखरा लगायत गण्डकी प्रदेशमा २३ वटा सस्था अफिनमा आवद्ध रहेको जनाउदै अध्यक्ष पालिखेले पोखराका अफिनमा आवद्ध नभएका केही अस्पताल समेत सो छुट दिन तयार रहेको बताए।

आजै अफिन नेपालले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सदस्य सस्थाहरुलाई २० प्रतिशत छुट दिन भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button