प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदै, बुधबार मृगाैला प्रत्याराेपण

काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुने भएका छन्। प्रधानमन्त्री ओलीले आइतबार नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य उपचारबारे जानकारी गराएका थिए। ‘उहाँ आज नै अस्पताल भर्ना हुनुहुनेछ,’ उनले भने, बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ।’

ओलीलाई मृगौला दिनको लागि एक आफन्त तयारी अबस्थामा राखिएको छ। ओलीले आज अस्पता भर्ना हुनुअघि मन्त्री परिषदको बैठक र योजना आयोगको बैठक बोलाएका छन्। आजको बैठकमा केही महत्वूर्ण निर्णय हुनसक्ने बताइएको छ। त्यस्तै हिजो बसेको मन्त्री परिषदको बैठकले चीनका लागि नेपाली राजदुत फिर्ता बोलाउने, भ्रमण वर्ष, सगरमाथा सम्वाद जस्ता महत्वपूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो।

सम्बन्धित न्यूज

Back to top button