पोखरामा होली म्युजिक फेस्टिभल हुने

पोखरा। पोखरामा रंगहरुको पर्व होलीको अवसरमा फागुन २६ गते सोमबार दोस्रो संस्करणको होली म्युजिक फेस्टिभलको आयोजना हुने भएको छ ।

क्याम्पिङचोक लेकसाइडमा आयोजना हुने फेस्टिभल विहान ११ बजेबाट शुरु भई साँझ ६ बजेसम्म चल्नेछ । फेस्टिभलमा कलाकारहरु धर्मेन्द्र सेवाङ, प्रकाश राना, शान्त बज्राचार्य, विनोद वानिया, प्रिया गुरुङ, बबी सुनार, एलिना गुरुङ, आनन्द बज्राचार्य, सन्तोष बस्याल र दुवईका डिजे विजयको प्रस्तुतीमा रम्दै होली मनाउने अवसर मिल्नेछ ।

पोखरा साँगीतिक कलाकार संघ नेपालको आयोजनामा कार्यक्रम गर्न लागेको हो । स्पेक्स फोर्टिन प्रालिको व्यवस्थापन गर्ने यो कार्यक्रमको तयारी तिव्र पारिएको इभेन्ट संयोजक महेश्वर सिँह भण्डारीले जनाए ।

सम्बन्धित न्यूज

Back to top button