नेपाल गोल्डेन आइडल सुपर मेघा राउण्ड

पोखरा न्यूज । गोल्डन स्टार मल्टिमेडिया प्रा.ली.ले आयोजना गरेको सातौँ सस्करणका नेपाल गोल्डेन आइडलको सुपर मेघा राउण्ड भएको छ । मेघा राउन्डबाट ५९ जना अघिल्लो चरणको लागि छानिएका छन् ।

नेपालका विभिन्न ठाउँमा भएका अडिसन मार्फत छानिएका १ सय जना मध्येबाट उनीहरु छनोट भएका हुन् । अब उनीहरु मध्येबाट उत्कृट २० जना प्रतिस्पर्धी छनौट गरिने कार्यक्रम निर्माता तथा निर्देशक सरन गुरुङले जनाए ।

गएको चरणमा पाँचजना प्रतिस्पर्धी लाई गोल्ड मेडल ले सम्मान समेत गरियो । यसरी मेडल पाउनेमा उत्कृट गायक मदन लिम्बु, उत्कृट भेषभुषा गायन सजिता तामाङ्ग, उत्कृट नृत्य बिनोद परियार, उत्कृट भेषभुषा नृत्य नेहारिका बोहरा र अनुशासित मा प्रतिक पौडेल छन् ।

प्रतियोगीताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजीजु,स्वर सुन्दरमणि कर्ण दास, बरिस्ठ गुरुङ फिल्म निर्देशक जसु गुरुङ्ग र कोरियोग्रफर निरुता गुरुङ रहेका छन् ।  प्रतियोगीताको फाइनल आगामी बैशाख अन्तिममा हुने भएको गुरुङले जानकारी दिए । गायन तथा नृत्य दुवै तर्फ पाँच, पाँच जना गरी १० जना फाइनलमा पुग्नेछन् ।

सम्बन्धित न्यूज

Back to top button