स्याङ्जामा ६ सय १६ क्वारेन्टाइनमा, ३ घर फिर्ता

स्याङ्जा । लकडाउनको १३औँ दिनसम्ममा स्याङ्जामा ६ सय १६ क्वारेन्टाइनमा बसेका छन् भने तीन जना घर फिर्ता भएका छन् ।

स्याङ्जाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा ६ सय १६ जना बसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।

स्याङ्जामा होम क्वारेन्टाइनमा ५ सय ७०, विभिन्न स्थानीय पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा ४६ गरी कूल ६ सय १६ जना क्वारेन्टाइनमा बसेका प्रनाउ भण्डारीले बताए । उनका अनुसार विदेशबाट आएर कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा बसेका तीन व्यक्ति सोमबार घर फिर्ता भएका छन् ।

“एक पालिकाबाट अर्को पालिका र एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएसँगै यसको कार्यान्वयन प्रभावकारी भएको छ”, प्रनाउ भण्डारीले भने , “लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा सवारी साधन नचलाउन र घरबाहिर पैदलसमेत ननिस्कन आग्रह गरेका छौँ ।” -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button