र्‍यापिड टेष्टमा कोरोना आशंका गरिएकी महिलाको पोखरामा रिपोर्ट नेगेटिभ

पोखरा ।  बागलुङमा आइतबार आरडिटीबाट र्‍यापिड टेष्ट गर्ने क्रममा कोभिड-१९ संक्रमण पोजेटिभको शंका गरीएकी महिलाको पोखरामा नतिजा नेगेटिभ देखिएको छ ।

महिलाको स्वाब पोखरा स्थित प्रयोगशालामा पिसिआर मेसिनबाट परीक्षण गर्ने क्रममा परिणाम नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

“हामीले र्‍यापिड टेष्टका क्रममा केही शंका लागेमा थप परीक्षणका लागि स्वाब कलेक्सन गरेर पोखरा ल्याएर मेसिनबाट परीक्षण गर्छौ, शंका लाग्दैमा पोजेटिभ भनिहाल्न मिल्दैन”, उनले पोखरा न्यूज सँग भने, “आरडिटीबाट आएको नतिजा शंका लागेमा पिसिआर मेसिनबाट थप परीक्षण गर्ने हो।“

पिसिआर मेसिनबाट आएको नतिजा नै शत प्रतिसत सहि रहेको बताउदै निर्देशक शर्माले शंका गर्नुपर्ने ठाउँ नरहेको दावी गरे ।

भारतको तीर्थयात्रा गएर फर्किएकी बागलुङ जिल्लाको काठेखोला गाउँपालिका की एक महिलामा गरिएको र्‍यापिड टेष्टमा संक्रमण पोजेटिभको आशंका भएपछी पोखरामा थप परीक्षण गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button