सुब्रतको गीतमा केकीको अभिनय (भिडियोसहित)

पोखरा। कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक सुब्रत रेग्मीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पुरा हुन जिन्दगी’ सार्वजनिक गरेका छन् ।

रोमाण्टिक भर्सनको यस गीतमा मानिस एक रहन असल छैन ,जिन्दगी जिउन साथी चाहिन्छ भन्ने भाव व्यक्त गरिएको छ । गीतमा स्वर गायक सुब्रत रेग्मीको रहेको छ भने शब्द अनिल शर्माको रहेको छ । गीतमा संगीत बिशाल पौडेलको रहेको छ ।

म्युजिक भिडियोमा नायिका केकी अधिकारी र मोडेल बिजेन्द्र जोशीको अभिनय रहेको छ । रमाइलो ठाउमा छायांकन गरिएको भिडियोमा कलाकारहरुको रोमान्स देख्न सकिन्छ । संजित के घिसिङ्ले छायाँकन र सम्पादन गरेको भिडियोलाई संजित र अनिश क्षेत्रीले मिलेर निर्देशन गरेका हुन् ।

दुई दशकदेखि शास्त्रीय गायनबाट सांगीतिक यात्रा सुरु गरेका गायक रेग्मीले बाल्यकालदेखि नै विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिएर दर्जनौं गायन प्रतियोगिताहरुमा विजयी समेत भैसकेका छन् ।

म्युजिक नेपालको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।विगत १५ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button