काठमाण्डौ । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
निबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित मध्ये ३० जना पुरुष र २ महिला रहेका छन् ।
यसरी थपिने संक्रमितहरुमा कपिलबस्तुका ७ जना पुरुष र एक महिला, रुपन्देहीका ८ पुरुष, सर्लाहीका १३ जना पुरुष , बारा की एक महिला तथा काठमाण्डौ र् चितवनका एक/एक पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये ७० जना निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ।