स्याङजामा थप ९ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशको स्याङजा जिल्लामा  थप ९ जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार स्याङजाका दुई पालिकाका ७ पुरुष र २ महिलासहित ९  जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर आधिखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ३७ र ७२ बर्षीय पुरुष तथा १३ र १९ बर्षीया महिला, तथा कालिगण्डकी गाउँपालिकाका १८, २६, २९, ३० र ३३ बर्षीय पुरुष रहेका छन् ।

संक्रमितलाइ जिल्लाको कोरोना अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यो सँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । स्याङ्जामा हालसम्म ७० जना पुरुष तथा ३ महिलामा संक्रमण देखिएको छ । स्याङ्जाका एक संक्रमितको पोखरामा उपचारका क्रममा निधन भएको थियो ।

बिहीबार स्याङ्जा जिल्लाका ९ जनासहित गण्डकी प्रदेशका थप ७७  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।

गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि, प्रदेशमा आजै थपिए ७७ जना

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button