
जाजरकोट। कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकायको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा गाउँपालिकाको आर्थिक सहयोगमा आज बिहान पठाइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।
उनका श्रीमान् सुरेन्द्र बस्नेतका अनुसार उनलाई दुई दिनदेखि सुत्केरी व्यथा लागेको थियो । रासस





