नेकपा स्थायी कमिटीको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगन भएको छ ।

प्रधानमन्त्री निवास वबालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २२ गते (आगामी सोमबार) सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार बैठक मङ्गलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताए ।

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन ९एमसिसी० संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ ।

बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहकार परिषद्का संयोजकसहित ५० जनाको सहभागी रहेको छ । बैठकमा अहिलेसम्म ३७ जनाले आआफ्नो धारणा राखिसकेका छन  । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button