प्लाज्मा थेरापीले कोरोना संक्रमितमा मृत्युदर घट्यो, रुघाखोकी लागेकामा देखियो इम्युनिटी

पोखरा । पछिल्ला वैज्ञानिक अध्ययनहरुले प्लाज्मा थेरापीले कोरोना संक्रमितमा मृत्युदर घटाउन सक्ने देखाएका छन् ।

कोरोना संक्रमण मुक्त भएकाहरुको रगतबाट झिकिएको एन्टीबडी सम्पन्न प्लाज्माहरु कोरोना प्रभावितको शरीरमा पठाउँदा मृत्युदरमा कमी आउने अध्ययनहरुले देखाएको हो । विश्वभर अस्पताल गम्भीर अवस्थामा भर्ना भएका ७ सय बिरामीमा गरिएको अध्ययनहरुले प्लाज्मा थेरापी विधिको उपचार गरिएकाहरुमा भन्दा नगरिएकाहरुमा मृत्युदर बढी रहेको देखाएको हो । प्लाज्मा थेरापी गराएका कोरोना संक्रमितहरुमा मृत्युदर १३ प्रतिशत घट्दा थेरापी नलिएकाहरुमा मृत्युदर २५ प्रतिशत रहेको अध्ययनले देखाएको हो ।

यसअघि अर्का ५ हजार कोरोना संक्रमितहरुमा गरिएको अर्को अध्ययनले प्लाज्मा थेरामी सुरक्षित रहेको देखाएको थियो । नेपालमा पनि कोरोना संक्रमणबाट गम्भीर बिरामी एक जनाको प्लाज्मा थेरापीबाट सकुशल उपचार गरिएको थियो । खोप पत्ता नलागेको खण्डमा प्लाज्मा थेरापीलाई नै कोरोनाको सम्भावित उपचारका रुपमा हेरिदै आएको छ ।

यता अर्को एक खोजले रुघाखोकी अर्थात कमन कोल्ड लागेका बिरामीहरुमा पनि कोरोना प्रतिरोधी क्षमता हुनसक्ने उल्लेख गरेको छ । कोरोना संक्रमणबाट निको भएकाहरुमा पाइने टि सेलहरु कोरोना संक्रमण नभएकाहरुमा पनि देखिएको हुँदा गरिएको अध्ययनले यस्तो तथ्य निकालेको हो । टि सेलहरु त्यस्ता कोषहरु हुन जसले कोरोना संक्रमित भएर निको भएकाहरुमा कोरोना भाइरसलाई पुन: शरीरमा पस्न नदिन प्रतिरोधकको भुमिका निर्वाह गर्दछन् । हाम्रो शरीरले आफै उत्पादन गर्ने टिसेलहरुले विभिन्न रोगका सम्झेर तिनलाई शरीरमा पस्न अगावै निस्तेज पार्दछ ।

आरडिटीमा पोजिटिभ तथा पिसिआरमा नेगेटिभ देखिएका हकमा पनि यस्तै भएको हुनसक्ने जनाइएको छ । यस्ता बिरामीहरु कि कोरोना संक्रमणबाटै मुक्त भएको हुनुपर्ने अन्यथा उनीहरुमा पहिलेदेखि नै टि सेलहरु उपस्थित रहेको हुनुपर्नेछ । यसरी टि सेलको उपस्थिति सामान्य रुघाखोकी लागेका बेला देखि नै भएको हुनसक्ने र यसले कोरोना संक्रमणको गम्भीरतामासमेत कमी ल्याउने अध्ययनले दाबी गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button