उद्धार उडानमा १ सय ९० यात्रु बोकेको एयर इन्डियाको विमान दुर्घटनाग्रस्त

पोखरा न्यूज  । उद्धार उडान भर्दै गरेको एयर इन्डियाको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतको केरला आएको सो विमान केरलाको कारिपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।

१ सय ९० भन्दा बढी यात्री बोकेर उडेको विमान रनवेबाट चिप्लेर दुई टुक्रा भएको जनाइएको छ । घटनामा ठुलो मानव हताहती भएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

पाइलट र कम्तिमा दुई यात्रुको मृत्यु भएको जनाइएको छ । त्यहाँ उद्धार कार्य भइरहेको जनाइएको छ ।

घटनाका बारेमा थप विवरण आउन बाकिँ नै रहेको छ ।

एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १९ को मृत्यु (अपडेट)

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button