गरिमा बैंकका ग्राहक तथा कर्मचारीलाई ग्यालेक्सी अस्पतालको विशेष छुट

पोखरा । गरिमा बैंकका ग्राहक तथा कर्मचारीलाई पोखरामा रहेको ग्यालेक्सी अस्पतालले विशेष छुट दिने भएको छ ।

हालै गरिमा विकास बैंक र ग्यालेक्सी अस्पताल पोखराबीच भएको मेडिकल हेल्थ सर्भिस सम्झौतापत्र अनुसार गरिमा विकास बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकलाई उपचारमा १२ प्रतिशत छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सिइओ गोविन्दप्रसाद ढकाल र अस्पतालको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले हस्ताक्षर गरेका थिए ।

पोखराको उत्तमचोकमा रहेको ग्यालेक्सी अस्पतालले मेडिकल तथा सर्जिकल विज्ञहरुका साथ एमआईसियु, एसआईसियु, एनआइसियु, पिआइसियु, अपरेसन थियटरलगायतका सेवा दिँदै आएको छ । अस्पतालले २४ घन्टा नै आकस्मिक सेवा प्रदान गरिरहेको पनि जनाएको छ ।

त्यस्तै गरिमा विकास बैंकले स्याङ्जाको वालिङ देखि सेवा शुरु गरेर हाल देशभरका २६ जिल्लामा सेवा विस्तार गरिसकेको छ । हाल देशभर बैंकका ९१ शाखा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button