विश्वका ४३ प्रतिशत विद्यालयमा साबुन पानीले हात धुने व्यवस्था छैन : संयुक्त राष्ट्रसंघ

पोखरा । संयुक्त राष्ट्रसंघले विश्वका करिब ४३ प्रतिशत विद्यालयमा साबुन पानीले हात धुने आधारभूत व्यवस्था पनि नभएको बताएको छ ।

कोभिड-१९ महामारीसँग जुध्दै विश्वभरका मुलुकले विद्यालय कहिले र कसरी सुरक्षित ढङ्गले खोल्ने भन्ने उपाय खोजिरहेका बेला राष्ट्रसंघले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । विश्व स्वास्थ्य संगठन र युनिसेफको रिपोर्ट अनुसार विश्वका ८१ करोड ८० लाख बालबालिका मध्ये करिब ३५ करोड बालबालिका आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट बाहिर छन् । ३५ करोड मध्ये पनि करिब एक तिहाई अफ्रिकाको सब सहारान क्षेत्रका विद्यार्थी रहेका छन् ।

स्वास्थ्य अधिकारीहरुले विद्यालय खोल्ने क्रममा सामाजिक र आर्थिक पक्षमात्र नहेरी स्वास्थ्यका पाटाहरुमा पनि ध्यान दिनुपर्ने बताएका छन् । उनीहरुले विद्यालय लामो समय नखोल्दा विद्यार्थीमा नकारात्मक प्रभावसमेत पर्न सक्ने बताए ।

रिपोर्टले विश्वका ३ मध्ये १ विद्यालयमा स्वच्छ खानेपानीको सीमित सुविधा वा सुविधा नै नरहेको देखाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button