कोरोना संक्रमितको उपचार गराए प्रति बिरामी १५ हजारसम्म अनुदान दिइने

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार सेवा दिइरहेका अस्पताललाई अनुदान दिने भएको छ ।

नेपाल सरकारको सचिवस्तरीय निर्णय अनुसार अब कोरोनाको जटिल र क्रिटिकल अवस्थाका बिरामीको उपचार भइरहेका अस्पतालले प्रति बिरामी १५ हजार अनुदान पाउने भएका हुन् । त्यस्तै कोरोना संक्रमित मध्यम जटिल बिरामीको उपचार गर्ने अस्पतालले प्रति बिरामी ७ हजार तथा सामान्य लक्षण भएका बिरामीको ३ हजार ५ सय पाउने छन् ।

त्यस्तै कोरोनाको लक्षण नभएका वा सामान्य लक्षण देखिएका बिरामी राखिएका आइसोलेसन केन्द्रले प्रति बिरामी २ हजार अनुदान पाउनेछन् भने सोही किसिमका बिरामीलाई घरमै स्वास्थ्यकर्मीको क्लिनिकल निगरानी रहँदा २ सय अनुदान दिइने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button