पत्रकार सुमनलाई ट्राफिक दुरव्यवहार

पोखरा, ९ भदौ । पत्रकार सुमन ढुंगानालाई मंगलवार ट्राफिक प्रहरीले दुरव्यवहार गरेको छ ।

एभिन्यूज टेलिभिजनका गण्डकी प्रदेश प्रमुख सुमन  ढुंगानालाई आज रिर्पोटिङका क्रममा ट्राफिक प्रहरीबाट भएको दुव्र्यवहारप्रति पत्रकार महासंघ कास्की शाखाले कडा आपत्ति जनाएको छ ।

महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले विज्ञप्तीमार्फत पत्रकारलाई निरुत्साहीत गर्नुले स्वतन्त्र प्रेसमाथिकै आक्रमण भएको ठहर महासंघको रहेको जनाएका छन् ।महासंघका साधारण सदस्य रहेका ढुँगानाले पत्रकारको परिचयपत्र देखाउँदा समेत प्रहरीले अपराधीलाई झैँ केरकार गर्ने,कोरोना महामारीमा अग्रपंक्तिमा काम गर्ने  गरेकाले महासंघले यस्ता कार्य बन्द गर्न, आगामी दिनमा यस्ता घटना नदोहो¥याउन प्रशासनसँग माग गरेको छ ।

पोखरा–२६ स्थित घरबाट पोखरा पत्रकार ढुँगानालाई आज विहान १०ः३० बजेतिर घरबाट रिर्पोटिङका लागि सिर्जनाचोकतर्फ आउँदै गर्दा बुद्धचोकमा डिउटीमा खटिएका ट्राफीक प्रहरीले दुव्र्यवहार गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button