करेण्ट लागेर मृत्यु

म्याग्दी । म्याग्दी जिल्ला बेनी नगरपालिका– ९ काउले निवासी २६ वर्षीया शिवा चोखालको बुधबार बिहान करेण्ट लागेर मृत्यु भएको छ ।

घर नजिकै फूल टिप्ने क्रममा विद्युत लाईन लिक भई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । करेण्ट लागेर गम्भीर घाइते भएकी चोखाललाई उपचारको लागि बेनी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button