झुटो अफवाह फैलाएको आरोपमा पोखराका २ मोबाइल पसले पक्राउ

पोखरा न्यूज ।  कास्की प्रहरीले सामाजिक सञ्जालमा झुटो अफवाह फैलाएको आरोपमा पोखराबाट  २ जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा कोभिड १९ बारे झुटो अफवाह फैलाएको अभियोगमा पर्वत मोदी ७ घर भई पोखरा ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर ४ घर भई पोखरा ०९ नयाँबजार  बस्ने २२ वर्षीय निरज लम्साल पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।

मोबाइल पसल संचालक समेत रहेका प्रतिवादी रिमाल र लम्सालमाथि  प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट गराएको कोभिड -१९ परीक्षणको नतिजालाई उलटपुलट गरी सामाजिक सञ्जालमा हालेर अफवाह फैलाएको आरोप छ ।

प्रतिवादीहरु बिरुद्ध झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट  ७  दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button