स्याङ्जामा पहिरोमा पुरिएका ५ जनाको शव फेला, ४ अझै बेपत्ता

पोखरा न्यूज । स्याङ्जा जिल्ला वालिङ नगरपालिका–१४ तमादीको पहिरोमा परेर बेपत्ता भएका मध्ये ५ जनाको शव फेला परेको छ भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

पहिरोमा परी वेपत्ता भएका मध्ये  २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाल, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय बिवश नेपालीको शव स्थानीयको सहयोगमा पहिरोबाट निकालिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

माया नेपालीको घर माथिबाट  विहीबार बिहान ६ बजे खसेको पहिरोमा परी बेपत्ता भएका १० जना मध्ये ५ जनाको शव फेला परेको छ भने ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरुको  खोजीकार्य भइरहेको  प्रहरीले बताएको छ ।

पहिरोबाट १६ वर्षीया मनिषा नेपालीलाई घाइते अवस्थामा उद्धार गरिएको छ । गम्भीर घाइते मनिषालाई उपचारको लागि पोखरा ल्एयाइएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button