पोखरामा भाटभटेनीका कर्मचारीसहित थप १० जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरामा शुक्रबार बिहान थप १०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीको पोखरा महानगरका १० जना तथा माछापुच्छ्रे गाउँपालिकाका १ जना सहित  गण्डकी प्रदेशमा ३३ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेमा पोखराको भाटभटेनीमा कार्यरत पोखरा १७ का २४ वर्षीय पुरुष, पोखरा २७ का ५९ र ६० वर्षीय पुरुष तथा ३० वर्षीया महिला, भारतबाट आएर क्वारेन्टिनमा बसेका  पोखरा २९ र  ३०  का  ४९ र २१ वर्षीय पुरुष, पोखरा ३१ का १६ वर्षीय बालक, ४० वर्षीय पुरुष , १३ वर्षीया बालिका , २० वर्षीया महिला र माछापुच्छ्रे गाउँपालिका ६ की २६ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी गोरखा ४ पालिकाका ५ महिला तथा ७ पुरुष, लमजुङ राईनाशका भारतबाट आएर क्वारेन्टिनमा बसेका २१ बर्षीय पुरुष र नवलपुर गैँडाकोटका ७ वटा वडाका ९ जना पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button