म्याग्दीमा ट्याक्टर दुर्घटना, १ को मृत्यु, १ घाइते

पोखरा न्यूज । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ को खरी भीरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

निर्माणधीन भगवती  आधारभूत विद्यालयको निर्माण सामाग्री लिएर दरवाङबाट बीमतर्फ जाँदै गरेको घ १ च ५२६ नम्बरको ट्याक्टर आइतबार राति ११ बजे दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी रघुगंगा गाउँपालिका-३ का २३ वर्षीय सहचालक  आशिष खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते खत्रीलाई उपचारको लागि बेनी अस्पताल ल्याउने क्रममा बाटैमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्वत जिल्ला जलजला गाउँपालिका-२ का ३० वर्षीय चालक प्रवीण परियार गम्भीर घाइते भएका छन् । परियारलाई थप उपचारको लागि पोखरा ल्याइएको छ । ट्याक्टर सडकबाट करिब ५०० सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button