बागलुङका थप २० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । बागलुङमा सोमबार  थप २० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङको बागलुङ नगरपालिकाका ९ जना र काठेखोला गाउँपालिका ११ जना गरी थप २० जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा बागलुङ १ का  १ पुरुष , २ का ३  पुरुष तथा ३ महिला, १०  का १ पुरुष तथा १ महिला, काठेखोला ५  का १०  पुरुष तथा ६ का १  पुरुष  रहेका छन् ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button