पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

पोखरा न्यूज । कोरोना संक्रमणबाट पोखरामा शनिवार थप २ जना पुरुषको मृत्यु भएको छ ।

कात्तिक २८ गते कोरोना संक्रमण पुष्टिभई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा-१३ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो । सुगर, प्रेसरलगायको समस्याबाट ग्रसित ती वृद्धको मंसिर ५ गते राति ११.३० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका  निर्देशक डा. बिनोद बिन्दु शर्माले बताउनुभयो ।

त्यस्तै पर्वत जिल्ला मोदी गाउँपालिका -६ का ६१ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण शनिबार बिहान १०.१० बजे मृत्यु भएको छ । मंसिर ५ गते कोरोना संक्रमण पुष्टिभई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड-१९ उपचार केन्द्रमा उपचाररत उनमा प्रेसर रोग समेत रहेको वताइएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button